काठमाडौं : सेवानिवृत्त भएका गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति ५ वर्षमा ५९ लाख ४८ हजार रुपैयाँले बढेको छ ।
५ वर्षे कार्यकल पुरा गरी गत शुक्रबार राष्ट्र बैंकबाट बिदा भएको अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
राष्ट्र बैंकबाट बिदा हुँदै गर्दा २२ चैतमा राष्ट्र बैंकमा अधिकारीले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् ।
उनले बुझाएको सम्पत्ति विवरण अनुसार ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति का साथै वाणिज्य बैंकहरुको रहेको डलर खातामा २८ हजार ६०८ अमेरीकी डलर रहेको उल्लेख छ । मंगलबारको विनियम दर १३७ रुपैयाँलाई आधार मान्दा उनको सम्पत्ति मा भएको वृद्धि डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा मात्रै करिब ३६ लाख ४ हजार रुपैयाँ हुन आउँछ । नेपाली मुद्रामा गणना भएको कुल सम्पत्ति २३ लाख ४४ हजारले वृद्धि हुँदा उनले ५ वर्षमा कुल सम्पत्ति ५९ लाख ४८ हजार रुपैयाँले बढाएका हुन् ।
नेपाल मुद्रमा मात्रै गभर्नरको ५ वर्ष कार्यकालमा अधिकारीको सम्पत्ति २३ लाख ४४ हजारले बढेको छ । तर, यस अवधिमा उनको सम्पत्तिको रुपमा रहेको डलर भने २६ हजार ३०६ डलरले वृद्धि भएर २८ हजार ६०८ पुगेको छ । गभर्नर नियुक्त हुँदै गर्दा २०७६ चैतमा उनको सम्पत्तिमा अमेरीकी डलर २ हजार ३०२ र ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ बराबरको सम्पत्ति थियो ।
प्रतिक्रिया दनुहोस्