एमालेमा ओलीको टाङमुनी छिरेका मुख्य ‘८ भाईहरू’का सही नसक्नु तुजुक

काठमाडौं : तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनअघि पुष्पकमल दाहाल प्रचण्डको कित्तामा उभिएका ८ नेता अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीका खास देखिने नाटकीय शैलीलाई हरेक फोरममा देखाउनमा तल्लिन रहन्छन्।

मौकामा ओलीको बिरोधमा खडा भएका तर पार्टी विभाजनसँगै ब्युँतिएपछि साख जोगाउनका लागि मध्यस्तताको नाममा ‘१० भाई’को उपमा पाएका मध्यका ८ जना ओलीको ‘टाङमुनी’ बाध्यकारी भएर बसेको टिप्पणी हुन्छ। 

Seti Hospital

यहाँसम्मकी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले त पार्टी गठनका बेला भनेका थिए,‘मलाई अगाडि धकेले, पछाडि हेर्छु त कोही पनि छैन।’

‘राजनीतिमा यस्ता चिज सामान्य नै हुन्। नैतिकता नभएको राजनीतिमा थितिको विषय हेर्न र खोज्न सकिन्न’, राजनीतिक विश्लेषकहरु भन्छन्,‘अवसरका निम्ति गालीगलौज र लम्पसार दुवै पर्ने चलन नयाँ होइन।’

प्रतिनिधि सभा विघटनको प्रस्ताव क्याबिनेटमा पुग्नासाथ सबैभन्दा बढी बिरोध गर्नेमा देखिएका थिए योगेश भट्टराई। अहिले ओलीको सबैभन्दा बढी महिमागान उनैले गाउने गर्छन्। अझ, एमालेको बचाऊ र अन्यमाथि खनिने काममा सदनमा भट्टराईको भूमिका नै प्रधान जस्तो देखिन्छ। 

भट्टराईपछि ठूलो स्वर देखाउनेमा पर्छन् रघुजी पन्त। उनले त राजनीतिमा साख जोगाउनका लागि नेताको टाङमुनि नबसी नहुने रहेछ भन्ने सन्देश दिएका छन्। यहाँसम्मकी सदनमा राप्रपाका ज्ञानबहादुर शाहीसँग उनको झन्डै हानाहानको अवस्था आएको थियो। 

तेस्रोमा छन्, गोकर्ण विष्ट। उनी आक्रामक नभए पनि ओलीको गीत गाउनमा भने कम छैनन्। सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अमृतकुमार बोहोरा भने उति साह्रो बोलेको पाइन्न। 

बरु, पार्टीमा रहेर पनि ओलीका कदमको बिरोध गर्नेमा परेका थिए भिम रावल र घनश्याम भुसाल। रावलमाथि कारबाहीको डन्डा चलाइयो भने भने भुसाल त्यसअघि नै नेकपा एकीकृत समाजवादीमा माधवकुमार नेपालको छत्रछायाँमा पुगिसकेका थिए।

हुन पनि नेकपा हुँदा एक अर्काबीच काटाकाटको अवस्थामा रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ०७९ को निर्वाचनपछि दुई पटक सत्ता साझेदारी समेत भएका कारण नैतिकताको सवाल गौण देखिएको टिप्पणी हुने गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार