नारायणी नदीमा डुबेका दिदी र भाइको शव ५० र ३५ फिट गहिराइमा फेला

काठमाडौं : पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँ बस्ने १३ वर्षीया दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा चैत २६ गते डुबेर बेपत्ता भएका थिए ।

Seti Hospital

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बुढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वप्निल सेर्पुञ्जाको शव ३५ फिट गहिराईबाट बिहान ११ः३० बजे र दिक्षाको शव ५० फिट गहिराईबाट अपरान्ह १२ः३० बजे निकालेको सशस्त्र प्रहरीका डीएसपी एवं केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेका उनीहरु दिदीभाइ हुन् ।

उनीहरु हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका थिए । भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार