काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय चावहिल, चःमतिमा आज अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा हालको राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि र आगामी योजनाहरुबारे गहन छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यवाहक प्रवक्ता झाकाअनुसार बैठकको प्रमुख एजेन्डा अघिल्लो बैठकमा भएका निर्णयको पुनरावलोकन र कार्यान्वयनको प्रगति मूल्याङ्कन हुनेछ । साथै, हालैका दिनमा पार्टीले सञ्चालन गरेका गतिविधिहरूको समीक्षा गर्दै नयाँ रणनीति तय गर्ने उद्देश्यले पनि बैठक महत्वपूर्ण हुने बताइएको छ ।
पार्टीका अधिवेशन सम्बन्धी तयारीबारे विस्तृत छलफल गरिनेछ । बैठकमा हाल चितवनबाट सुरु गरिएको ‘जनयात्रा’बारे पनि विशेष छलफल हुने छ । जनयात्रालाई देशभर विस्तार गर्दै जनस्तरसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले निरन्तरता दिने तयारी पार्टीले गरिरहेको छ ।
प्रतिक्रिया दनुहोस्