बालेनसित तर्सिएको राप्रपाले फोहोर उठायो

काठमाडौं : राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन् । राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो ।सोही सभा सकिएपछि नेता कार्यकर्ता  र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको हो ।

काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन् ।

Seti Hospital

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् । राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिएका थिए ।

उनले भने, हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार