बाजुरामा हिंसा पीडितलाई ओसिएमसीले प्रभावकारी सेवा दिँदै

बाजुरा : बाजुरामा घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित महिलाहरूको पक्षमा स्थापित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)’ले प्रभावकारी सेवा दिइरहेको छ।

पछिल्लो समय यो केन्द्र पीडितहरूको उपचार, कानुनी सहयोग र सुरक्षाका सवालमा उल्लेखनीय काम गर्न सफल भएको छ। जिल्ला अस्पताल बाजुरामा सञ्चालनमा रहेको यो केन्द्रले विशेषगरी महिलाहरूलाई लक्षित गरेर सहज सेवा प्रवाह गर्दै आएको छ।

SHIKHAR COOL TECH

सेवा लिन आउने पीडितहरूको संख्यामा क्रमशः वृद्धि भइरहेको छ। ओसिएमसीका फोकल पर्सन तथा सहजकर्ता नर्सिङ्ग नीरक्षिक निशा रोकायाका अनुसार बाजुराका नौवटै पालिकाबाट सेवा लिन आउनेहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

उनले भनिन्, ‘यो सकारात्मक संकेत हो कि अब हिंसा सहेर बस्नुको सट्टा आवाज उठाउने र सहयोग लिने प्रवृत्ति बढ्दै गएको छ।’ स्थानीय तहबाट समेत पीडित महिलाहरूको उपचार, पुनस्र्थापना तथा मनोपरामर्शमा सहयोग मिलिरहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार