बल्खुमा राप्रपाको प्रदर्शन : तीनकुने घटनापछि ‘हाई अलर्ट’मा सुरक्षा निकाय

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै मंगलबार काठमाडौंको बल्खुमा ठूलो सभा आयोजना गर्न लागेको छ । देशका विभिन्न भागबाट सहभागीहरू काठमाडौं आउने तयारीमा छन् भने उपत्यकाभित्र पनि विभिन्न ठाउँबाट जुलुस निकालिने जनाइएको छ ।

सभालाई सम्बोधन गर्ने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले यसलाई ऐतिहासिक बनाउने तयारी गरेका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको छ र प्रदर्शनलाई सफल बनाउन रणनीति तय गरिएको छ ।

Seti Hospital

यसपटकको प्रदर्शनलाई लिएर सरकारले पनि उच्च सतर्कता अपनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतको संयुक्त सुरक्षामा करिब २,००० सुरक्षाकर्मी खटाइनेछन् । निगरानीका लागि ड्रोन, बडी क्यामेरा र सीसीटीभी प्रयोग गरिनेछ। सुरक्षाकर्मीहरूलाई उच्छृङ्खल गतिविधिमा संलग्न हुनेमाथि कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको छ ।

१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो । त्यस घटनाले प्रहरीसहित सबैलाई सतर्क बनाएको छ । यद्यपि, बल्खु क्षेत्र तीनकुनेजस्तो संवेदनशील नभएको र अहिलेको आन्दोलन शान्तिपूर्ण हुने सुरक्षा निकायको अनुमान छ ।

राप्रपाले पनि शान्तिपूर्ण प्रदर्शनका लागि आफ्नै तर्फबाट स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मंगलबार साढे ११ बजेपछि विभिन्न स्थानबाट जुलुस निस्कनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार