विद्युतीय धरापले लियो १३ वर्षीया बालिकाको ज्यान

काठमाडौं : सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरमा एक दर्दनाक घटना घटेको छ । १३ वर्षीया गुलसना खातुनको विद्युतीय धरापमा परेर ज्यान गएको हाे ।

मकैबालीलाई जङ्गली जनावरबाट जोगाउन थापिएको उक्त धराप घाँस काट्न गएकी गुलसनाको लागि मृत्युको कारण बन्यो । सिरहा प्रहरीका अनुसार बालिकाको मृत्युपछि प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय २४ वर्षीय वीरबहादुर सार्कीलाई पक्राउ गरिएको छ । सार्कीमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ र उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

Seti Hospital

गुलसना खातुन गत फागुन २९ गते बिहानदेखि हराइरहेकी थिइन् । ‘घाँस काट्न जाँदैछु’ भन्दै घरबाट निस्केकी गुलसना त्यसपछि घर फर्किन सकिनन् । उनकी आमा जेहदा खातुनले भोलिपल्ट मिर्चैया प्रहरीमा छोरी हराएको निवेदन दिएकी थिइन् ।

हराएको १३ दिनपछि, चैत १२ गते गुलसनाको शव घुर्मी खोलाको किनारमा गाडिएको अवस्थामा बोरामा बेरेर फेला परेको थियो । शव सडेगलेको अवस्थामा भेटिएकोले घटनाको रहस्य अझै भयावह बन्यो ।प्रहरी अनुसन्धानका क्रममा चोकिदार टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र मधेस प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा अनुसन्धान अघि बढाएका थिए । अनुसन्धानको क्रममा गुलसनाले घाँस काट्न प्रयोग गरेको हँसिया समेत भेटिएको छ, जसलाई घटनास्थलबाट दशीको रूपमा बरामद गरिएको हो ।

प्रारम्भिक तथ्यअनुसार, फागुन २९ गते बिहान करिब ९ बजेतिर वीरबहादुर सार्कीले आफ्नो मकैको बाली जोगाउनका लागि विद्युतीय धराप थापेका थिए । त्यही समयमा घाँस काट्न पुगेकी गुलसना धरापमा परिन् र चिच्याएको आवाज आएको देखिएको छ ।घटनापछि सार्कीले शवलाई बोरामा हालेर खोला किनारको खाल्डोमा गाडेको खुलेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार