डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार

डोटी : डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका २७ वर्षीय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जनजागरण समुदाय वनको सडापडा (सडीगलेका) काठ संकलन गरी नजिकै सेलानेको खोलामा जम्मा गर्न लैजाँदै गर्दा मिनीट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टेको थियो।  काठले च्याप्पिएर गुरुङको मृत्यु भएको बताइएको छ ।

Seti Hospital

दुर्घटनामा परी सोही सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन् । उनको बाँया हात र बाँया खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकी मुलिचौरमा प्राथमिक उपचार भइरहेको बताइएको छ ।

सोही गाउँपालिका– २ बर्छैनका ट्रक चालक गोपाल बडेला भने घटनास्थलबाट फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार