कैलाली बहुमुखी क्याम्पसमा नेविसंघलाई स्वतन्त्र प्यानलको समर्थन

धनगढी : कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र प्यानल बनाएर निर्वाचन लडेका तेज मल्लको प्यानलले नेविसंघका उम्मेदवार सन्तोष पन्तलाई सघाउने भएको छ।

कैलाली बहुमुखी क्याम्पसमा अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले माहोलले तातेको छ। मल्लले धनगढीमा आइतवार आयोजित पत्रकार सम्मेलनबाट आफ्नो उम्मेदवारी निष्क्रीय गराएको घोषणा गर्दै सन्तोष पन्तको प्यानललाई समर्थन गर्ने घोषणा गरेका हुन्।

Seti Hospital

मल्लले आफु पनि नेविसंघकै कार्यकर्ता रहेको बताउदै केही असन्तुष्टी भएपनि पन्तको प्यानललाई समर्थन रहेको बताए। उनले विज्ञप्ती जारी गर्दै संगठनमा विद्यार्थीको इच्छा बमोजिम आफूले स्वतन्त्रबाट सभापतिमा उम्मेदवारी दिएको बताएका थिए। तर संगठनलाई सहयोग गर्ने गरी नेपाल विद्यार्थी संघको सयुक्त प्यानललाई सहयोग गर्न उम्मेदवारी निष्क्रीय पारेको उनी बताउँछन्। उनले नेविसंघको संयुक्त प्यानललाई मतदान गरिदिन समेत आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार