कारागार जाँदाजाँदै रविले भने– ‘अदालतको आदेशमा सम्मान छ’

काठमाडौं : पूर्व उपप्रधान एवं गृहमन्त्र समेत रहेका रास्वपा सभापति रवि लामिछानेले आफूले उच्च अदालत रुपन्देहीको आदेशप्रति सम्मान रहेको बताएका छन् ।

सोमबार पुर्पक्षका लागि कारागार चलान भएका लामिछानेले सो कुरा बताएका हुन् ।

Seti Hospital

उनले कारागार पस्नुअघि पत्रकारहरुलाई अदालतको आदेशमा केही भन्नुछ ? भन्ने प्रश्न गरेको थिए । त्यसमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘केही भन्नु छैन, सम्मान छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर लामिछानेले आफूलाई साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार