राप्रपाले भन्यो– ‘सरकार डरायो, हामी बल्खुमै आन्दोलन गर्छौँ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते मंगलबार बल्खुमा प्रदर्शन गर्ने भएको छ ।

विभिन्न कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्व निर्धारित प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा प्रदर्शनका लागि रोक लगाएको थियो ।

Seti Hospital

शिक्षक आन्दोलन लगायत अन्य राजनीतिक आन्दोलनहरु भइरहेको भन्दै बल्खुमा नभए सिफल चौरमा आन्दोलन गर्न पत्र पठाएको थियो

बागमती प्रदेशको आयोजनामा हुने प्रदर्शन बल्खुमा हुने तय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

त्यस्तै आफूहरुको आन्दोलन थप सशक्त हुँदै गएपछि सरकारले स्थान परिवर्तन गरेको उनको आरोप रहेको छ ।

‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ । प्रशासनले सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौँ हाम्रो आन्दोलनले उचाई लिदैँछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔँ,’ उनले भनेका छन् ।

राप्रपाले राजसंस्था र हिन्दूराज्यलाई मुख्य एजेण्डा बनाउँदै आन्दोलनको तयारी गरेको हो । त्यसो त यसअघि समेत राप्रपा समेतको समर्थनमा राजावादी शक्तिहरुले तीनकुनेमा प्रदर्शन गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार