राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा मङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Seti Hospital

मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी भइरहँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णयसँगै राप्रपाले कार्यसम्पादन समिति बैठक डाकेको हो ।

जिल्ला प्रशासन कार्यालयले राप्रपालाई आफ्नो कार्यक्रम बल्खु क्षेत्र वा सिफल चौरमा गर्न आइतबार पत्राचार गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार