शौच गर्न जान बाटो काट्दै गर्दा अर्को बसले ठक्कर दिँदा जितबहादुरको मृत्यु

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका-९, खरंगास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान करिब २:४० बजे भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-२, संगमटोलका ५८ वर्षीय जितबहादुर प्रधान सडक पार गर्दै गर्दा ना ८ ख १८०९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Seti Hospital

जितबहादुर बा.प्र ०१-००६ ख ६७१६ नम्बरको गाडीमा यात्रारत थिए। गाडी रोकेर शौच गर्न सडक पार गर्दै गर्दा विपरीत दिशाबाट तीव्र गतिमा आएको बसले उनलाई ठक्कर दिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा टाउको, छाती र दाहिने खुट्टामा गम्भीर चोट लागेका प्रधानलाई तुरुन्तै हेटौंडा अस्पताल पुर्‍याइएको थियो। तर, उपचारको क्रममा बिहान ३:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि बस चालक धादिङको सिद्धलेक गाउँपालिका–३ निवासी २६ वर्षीय मोहन थापा प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार