रवि लामिछानेलाई आजै थुनामा पठाउने तयारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार काठमाडौँको हात्तीगौंडाबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार भैरहवा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार, अदालतको कार्यालय समय शुरू भएपछि लामिछानेलाई उपस्थित गराइनेछ । अदालतमा पेश गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई आजै थुनामा पठाउने तयारी गरिएको छ ।

Seti Hospital

लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेको छ । यसअघिको जिल्ला अदालत रूपन्देहीको आदेशलाई उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुटको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनको सन्दर्भमा उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रबारै उनलाई पक्राउ गरी भैरहवा लगिएको थियो भने शनिबार र आइतबार प्रहरी हिरासतमा राखिएको थियो । सार्वजनिक बिदाका कारण बाँकी कानुनी प्रक्रिया आजबाट मात्रै अघि बढ्ने भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार