काठमाडौँ : गृहमन्त्री रमेश लेखकले तीनकुने घटना छानबिनका लागि न्यायिक आयोग गठन नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदसमेतले छानबिन आयोग गठनको माग गरेका थिए तर मन्त्री लेखकले आपराधिक घटनालाई राजनीतिक आवरण दिन आयोग गठन हुन नसक्ने बताए । नियमित प्रव्रिmयाबाटै घटना छानबिन हुने मन्त्री लेखकको भनाइ थियो ।
समितिमा मन्त्री लेखकले आपराधिक घटनालाई अन्य अपराध सरहकै व्यवहार सरकारले गर्ने बताए । मन्त्री लेखकले भने, “विषयको निष्पक्षता, घटना र दुराशय थाहा नभएको भए प्रारम्भदेखि नै आयोग बनाउन सकिन्थ्यो तर प्रयोजन, घटना विवरण, संलग्न व्यक्ति, आयोजक सबै थाहा छ । यो राजनीतिक घटना होइन, आपराधिक घटना हो ।
आपराधिक घटना भएकाले राजनीतिक घटनाका रूपमा न्यायिक आयोग बनाउने कुरा गलत बाटो हुन्छ । आपराधिक घटनालाई राज्यले अपराधकै रूपमा हेर्छ र संसद्ले पनि आपराधिक रूपमै लिनु पर्छ । अन्य अपराध सरह नै यसमा अनुसन्धान हुन्छ ।”
उनले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनबमोजिम कारबाही हुने आश्वस्त पार्नुभयो । प्रमाण र संलग्नता पुष्टिका आधारमा मुद्दा चलाइने उहाँको भनाइ छ । प्रहरीका अनुसार राज्यविरुद्धको अपराधमा २० र आपराधिक उपद्रवमा ५८ जनाविरुद्ध अदालतबाट म्याद लिई अनुसन्धान जारी छ ।
राजनीतिक दर्शन र चेतनामा आधारित भएन गृहमन्त्री लेखकले तीनकुने घटना अमानवीय, अमर्यादित, हिंसात्मक र उच्छृङ्खलसमेत भएको बताए । घटना कुनै राजनीतिक दर्शन र चेतनामा आधारित नरहेकोमा आफू प्रस्ट रहेको उनको भनाइ थियो । संविधान सक्ने र गणतन्त्र मास्ने उद्देश्यका साथ उक्त घटना गराइएको लेखकको जिकिर थियो ।
संविधानको मर्म अनुसारको विरोधलाई सरकारले सम्मान र संरक्षण गर्ने भए पनि व्यक्तिगत सम्पत्तिको तोडफोड, सञ्चार गृहमाथिको आगजनी तथा हिंसात्मक घटना स्वीकार्य नरहेको उनको भनाइ थियो ।
घरभित्र मानिस रहेको जान्दाजान्दै आगजनी गरेर आन्दोलनकारीले व्यक्ति हत्या गरेको पनि मन्त्रीले बताए । प्रहरी संयमका कारण नै ठुलो मानवीय क्षति नभएको पनि उनको भनाइ थियो । आगलागी नियन्त्रणका लागि बोलाइएका दमकललाई क्षति पु¥याउने कार्य दुःखद भएको मन्त्री लेखले बताए ।
मन्त्री लेखकले राजाले जनतामा निहित सार्वभौमसत्ता मान्न अस्वीकार गरेकाले गणतन्त्र ल्याइएको र अहिले आन्दोलन पुरानै व्यवस्थाको पुनरावृत्तिका लागि भएको बताए । उनले अहिलेको प्रयत्न जनतामा निहित सार्वभौमसत्ता खोस्ने रहेको पनि बताए । संविधान फाल्ने र गणतन्त्र उल्ट्याउने अहिलेको आन्दोलनको चरित्र भएको मन्त्री लेखकको भनाइ छ ।
आन्दोलनको उद्देश्य नागरिकको सार्वभौमसत्ता व्यक्ति विशेषलाई बुझाउने उद्देश्यप्रेरित रहेको पनि उनको भनाइ थियो ।
अहिलेको प्रणालीमा समस्या भएमा यसैभित्रबाट समाधान खोजिनुपर्ने उनको भनाइ थियो । पीडित परिवारलाई दस लाख रुपियाँ उपलब्ध गराउने गरी प्रव्रिmया अघि बढिसकेको पनि उनको भनाइ थियो ।
समितिमा मन्त्री लेखकले घटना विवरण पनि पेस गरे । सुरक्षाकर्मी ८० र प्रदर्शनकारी ५४ जना घाइते भएको उहाँले जानकारी दिए। जडीबुटी प्रशोधन कम्पनीमा पूर्ण रूपमा क्षति पु¥याइएको, डिपार्टमेन्टल स्टोर तोडफोड र लुटपाट भएको उनले बताए । १८ वटा भवनमा तोडफोड र केहीमा आगजनी भएको, ३९ वटा सवारी साधनमा आगजनी भएको समितिमा मन्त्री लेखकले बताए ।
प्रतिक्रिया दनुहोस्