कैलालीको राष्ट्रिय मा.बीमा कक्षा ९ बाटै सिभिल इन्जिनियरिङ पढाई

धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर २ उजेलीसेमरमा रहेको श्री राष्ट्रिय माध्यमिक बिद्यालय बिचैपुरमा कक्षा ९ बाटै सिभिल इन्जिनियरिङ बिषय पठन पाठन हुँदै आएको छ । ग्रामिण बस्तीमा रहेको बिद्यालयमा पछिल्लो ६ बर्षदेखी सिभिल इन्जिनियरिङ बिषयको पठन पाठन भइरहेको छ । बिद्यालयले हालसम्म दुई ब्याच पास आउट गरिसकेको ब्यवस्थापन समिति अध्यक्ष नबिन बोहराले बताए ।

बिद्यालयले यस बर्षपनि सिभिल इन्जिनियरिङ बिषयको भर्ना खोलेको छ । कक्षा ८ मा उत्तिर्ण भएका बिद्यार्थीहरुका लागी कक्षा ९ मा भर्ना आवह्वान गरिएको बोहराले बताए । हमीले हरेक बर्ष ४८ जना बिद्यार्थीलाई भर्ना गर्ने गरेका छौँ अध्यक्ष बोहराले भने “नेपाल सरकारको सहयोगमा कैलारीमा एक मात्र प्राबिधिक बिषय पढाउने बिद्यालय हाम्रो मात्रै हो, निजि क्षेत्रमा यो शिक्षा खर्चिलो भएपनि नेपाल सरकारको सहयोगमा हामीले निशुल्क शिक्षा दिइरहेका छौँ, आर्थिक अभाव भएका, गरिब, जेहेन्दार परिवारका बिद्यार्थीलाई सकेसम्म समेट्ने प्रयास गरेका छौँ ।” घरबाट बिद्यालय आउन धेरै समय लाग्ने बिद्यार्थीहरुका लागी छात्राबासको समेत ब्यवस्था गरिएको अध्यक्ष बोहराले बताए ।

SHIKHAR COOL TECH

यस बर्ष २०८२ बैसाख २१ गतेभित्र भर्ना आवह्वान गरिएको छ । बिद्यालयले बिद्यार्थीहरुलाई बिभिन्न अतिरिक्त कृयापलापमा समेत सहभागी गराउँदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार