कैलालीको घोडाघोडी क्याम्सपमा अनेरास्ववियुका गौतम विजयी

कैलाली : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु विजयी भएको छ । शनिबार भएको मतदानको आइतबार आएको नतिजाअनुसार अनेरास्ववियुका अशोक गौतम विजयी भएका हुन् । कुल एक हजार ६९१ जना मतदाता रहेको यस क्याम्पसमा गौतमले ६७० मत ल्याउँदै पहिलो पटक अनेरास्ववियुलाई जित दिलाएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गणेश भण्डारीले ४२८ मत ल्याएका छन् । सचिवमा नेविसंघका प्रविण भण्डारी ५५५ मतसहित विजयी भएका छन् । उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए । उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए । उनीसँग अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवर ४१६ मतसहित पराजि भइन् ।यो क्याम्पसमा विगतमा अखिल क्रान्तिकारीले स्ववियुमा जित निकाल्ने गरेको थियो । उक्त क्याम्पसमा यसपटक संयुक्त प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

Seti Hospital

यहाँ अखिल क्रान्तिकारीका गणेश भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको थियो । नेपाल विद्यार्थी सङ्घसहितको संयुक्त प्यानलबाट अनेरास्ववियुका अशोक गौतम अध्यक्षमा थिए । उता अनेरास्ववियूका यामबहादुर खत्रीको छुट्टै प्यानल थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार