लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै मुटुको अप्रेसन, सात जनाको मृत्यु

काठमाडौँ : लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै एक जनाले मुटुका बिरामीको धमाधम अप्रेसन गर्दा सात जनाको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेश राज्यको दमोहस्थित एक अस्पतालमा यस्तो घटना भएको हो । यसबारे भारतको राष्ट्रिय मानव अधिकार अयोगमा समेत उजुरी परेको छ ।

Seti Hospital

दमोहकै दीपक तिवारी नाम गरेका एक जनाले यसबारे उजुरी गरेका हुन् । उनका अनुसार जनवरी र फेब्रुअरीमा गलत व्यक्तिले उपचार गरेका कारण ७ जनाको मृत्यु भएको छ ।

दीपक तिवारीका अनुसार अस्पतालका एक जनाले आफूलाई लन्डनको चर्चित कार्डियोलोजिस्ट डा. एनजोन केम नामबाट चिनाउने गरेको थियो । ती व्यक्तिले जनवरी र फेब्रुअरीमा १५ जनाको मुटुको शल्यक्रिया गरेको, तीमध्ये सात जनाको मृत्यु भएको उनको दाबी छ ।

दीपकले भनेका व्यक्तिको वास्तविक नाम एनजोन केम नभएर नरेन्द्र विक्रमादित्य यादव रहेको पुष्टि भएपछि यो घटना अहिले चर्चामा छ ।

नरेन्द्र विक्रमादित्य यादवले बेलायतका प्रख्यात हृदयरोग विशेषज्ञको नाम दुरुपयोग गरेको पाइएको छ । यसबारे स्थानीय प्रशासनले छानबिन गरिरहेको बताइएको छ । एजेन्सी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार