शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द, आन्दोलन थप चर्किने

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले देशभरका विद्यालय बन्द गरिने र सबै शिक्षक-कर्मचारीलाई काठमाडौंमा हुने शान्तिपूर्ण सडक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेका छन् ।

महासंघले हडताल अवधिभर परीक्षा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि गतिविधिमा संलग्न नहुन शिक्षकहरूलाई कडा रूपमा आग्रह गरेको छ । शिक्षा ऐन कार्यान्वयनको माग गर्दै महासंघ माघ २० गतेदेखि आन्दोलनमा छ र हाल काठमाडौंमा दैनिक प्रदर्शन जारी छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षण र विद्यालयहरूको शैक्षिक गतिविधि प्रभावित भएका छन् ।

Seti Hospital

शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्तामा सहभागी हुन बारम्बार आग्रह गरे पनि महासंघले हालसम्म अस्वीकार गर्दै आएको छ । मन्त्रालयले एसईईको उत्तरपुस्तिका संकलन चलिरहेको र समयमै नतिजा प्रकाशित गर्न सकिनेमा अनिश्चितता रहेको बताएको छ । राष्ट्रिय परीक्षा बोर्डले असार पहिलो साता एसईई नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ ।

सरकार वार्ता गर्न तयार भए पनि महासंघका अध्यक्ष सुवेदीले ०८० सालको असोजमै वार्ता र सहमति भइसकेको भन्दै अब कार्यान्वयन मात्र माग रहेको बताएका छन् । ‘पुनः वार्ता गरेर समय खेर फाल्नु आवश्यक छैन,’ उनले भने ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेको र वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् । तर महासंघले सरकारमाथि अविश्वास जनाउँदै आन्दोलनलाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार