राजसंस्था होइन, गणतन्त्रको मार्ग नै सही : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाले नेपालगन्जमा बीपी कोइरालाको सालिकमा कालोमोसो दलेर तोडफोड गरेको घटनालाई लोकतन्त्रप्रतिको असहिष्णुता र राजावादी सोचको परिचायक बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले यस्ता कार्यहरूले राजावादीहरू वास्तवमा के चाहन्छन् भन्ने स्पष्ट भएको टिप्पणी गरे । उनका अनुसार राप्रपाले राजसंस्थाको पुनर्स्थापनाको आन्दोलन भन्दै यस्तो ‘धृष्टता’ गर्नु आपत्तिजनक मात्र नभई लोकतान्त्रिक मूल्यविपरीतको कदम हो ।

उनले लेखेका छन्, ‘अब आफैं बुझ्नुस्, राजावादीहरू के चाहन्छन् ? नेपालगन्ज जस्तो संवेदनशील ठाउँबाट यस्तो सन्देश आउनु कांग्रेसभित्र रहेका संवैधानिक राजसंस्थाका समर्थकहरूका लागि चेतावनी हो ।’

पोखरेलले पूर्वराजा ज्ञानेन्द्रको शासनकाल स्मरण गराउँदै भने, ‘यदि बीपीले त्यो शासन बेहोर्नु परेको भए, उहाँ निःसन्देह गणतन्त्रको पक्षमा उभिनुहुन्थ्यो । बीपीभन्दा बढी संवैधानिक राजसंस्थाका हिमायती गिरिजाप्रसाद कोइरालाले समेत गणतन्त्रलाई अंगालेका थिए ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार