चैते दशैँको दिन घाँटीमा मासु अड्केर कुँवरको मृत्यु

काठमाडौं : घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्बर बहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।

गाउँमै काटेको खसीको मासु घरमा ल्याएर पकाएर खाने क्रममा शनिबार बिहान करिब ११ बजेतिर घाँटीमा मासु अड्केर कुँवर बेहोस भएका बताइएको छ । मासु अड्केर बेहोस भएलगत्तै वयलपाटा अस्पतालमा उपचार भइरहेको बेलामा कुँवरको मृत्यु भएको हो ।

Seti Hospital

वयलपाटा अस्पतालमा उपचारका क्रममा कुँवरको दिउँसो १२ बजे मृत घोषणा गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वको एक टोली खटाइएको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार