रवीन्द्र र धवललाई नि:सर्त रिहा गर्न पशुपति शमशेरको माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शम्सेर राणालगायत राष्ट्रवादीहरूलाई सरकारले तत्काल निसर्त रिहा गर्नु पर्नेमा जोड दिएका छन्।

‘संवैधानिक राजसंस्था चाहियो, सनातन हिन्दु अधिराज्य चाहियो, संघीयता खारेजी होस्, भ्रष्टाचार र कुशासनको अन्त्य होस् भनी चैत १५ गते नेपाली जनताले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले जनतामाथि गोली चलायो, बर्बरतापूर्वक दमन गर्‍यो। बिना कारण गैरकानुनी रूपमा जनतालाई पक्राउ गर्‍यो,’ राप्रपाका पूर्वअध्यक्ष राणाले भने।

Seti Hospital

‘यस सन्दर्भमा म वर्तमान सरकारलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद डा. धवल शम्शेर राणालगायत अन्य राष्ट्रवादी साथीहरूको निसर्त रिहाइको माग गर्दछु,’ पत्रकारसँगको एक भेटघाट कार्यक्रममा राणाले। वरिष्ठ राजनीतिज्ञ राणाले तीनकुने घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने सरकारको भूमिकामा आशंका व्यक्त गरे।

‘घटनाको सन्दर्भमा एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषी उपर कडा कारबाही गर्न म जोडदार रूपमा आह्वान गर्दछु,’ राणाले भने, ‘त्यति मात्र हैन, वास्तवमा यस किसीमको आयोग तत्काल गठन भइ, त्यसको निष्कर्ष प्राप्त भएर कारबाही भइसक्नु पर्दर्थ्यो। यस प्रकारको ढिलासुस्तीमा पनि सरकार नै पूर्ण दोषी छ। सरकारको यो पाशविक दमन र बर्बरतापूर्ण कारवाहीको म घोर भर्त्सना गर्दछु।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार