रवि पक्राउपछि एमाले महासचिवको प्रश्न- आफ्ना पालामा सुधार किन नगरेको ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति लामिछानेलाई प्रहरी घरमा नै गएर पक्राउ पुर्जी काटेको विषयलाई लिएर रास्वपाका नेताहरूले षडयन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने रीतिथिति लामिछाने गृह मन्त्री हुँदा पनि त्यस्तै भएको बताएका हुन ।

Galaxy

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले गृह मन्त्री भइसकेका लामिछाने र रास्वपा नेताहरू यस विषयमा जानकार नै भएका उल्लेखसमेत गरेका छन् । आफूलाई पर्दा मात्र सुधारको खोजी गर्नुको कुनै अर्थ नहुने उनले स्पष्ट पारेका छन् । 

‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रवीजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन, तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि’, पोखरेलले लेखेका छन् । 

रास्वपा सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन शुक्रबार आदेश दिएको थियो । यस अघि जिल्ला अदालतले धरौटीमा छाड्ने गरी दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले सो आदेश दिए लगत्तै शुक्रबार साँझ लामिछानेलाई प्रहरीले बुढानीलकण्ठ स्थित उनको घरबाट नै पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार