राप्रपा सांसद बुद्धिमान तामाङले दुर्गा प्रसाईँलाई ‘त्यो फोटावाला भनेपछि…’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले तीनकुने घटनाबारे सरकारले अहिलेसम्म पनि सत्यतथ्य छानबिनको पहल नगरिनु गम्भीर विषय रहेको बताए ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले त्यसको मुख्य जिम्मेवार को हो ? भन्ने किटान गर्न नसक्दा नागरिकमा थप आक्रोश पैदा भइरहेको बताए ।

Galaxy

बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै उनले राष्ट्रिय गान बजिरहेको समयमा अश्रुग्यास हानिएको बताए ।त्यस्तै उनले उक्त आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँको नामै नलिइ ‘ठूलो फोटोवाला’ भन्दै व्यंग्य गरे ।

‘प्रदर्शनका क्रममा सबैभन्दा पहिला प्रहरीले भीडलाई तितरवितर बनाएर भाग्ने ठाउँ पो दिनुपर्छ त । अर्को कुरा महर्जन भाई आफैँ फर्किएर गइरहेको छ, उसलाई गोली हान्नु ठिक हो ?,’ उनको प्रश्न थियो, ‘अब न्यायकि समिति गठन गरेर छानबनि गर्नुपर्छ । अहिले बाहिर सत्तापक्षले नै यो काम गर्यो भन्ने चर्चा भइरहेको छ । जताततै ड्याङ् कि ड्याङ्, अझ त्यो अर्को मान्छे आउनुभन्दा पहिला…. केरे.. केरे…त्यो फोटोवाला…दुर्गा प्रसाईँ (बैठक हलमा हाँसो चल्छ) ।

सोही समयमा समिति सभापति रामहरि खतिवडाले माननीय सदस्य दुईवटा फोटो देखेँ भन्नुहुन्थ्यो, कुनचाँही फोटोवाला हो ? भन्दै गरेको प्रश्नमा उनले हातको इशारा गर्दै भने, ‘ठूलो फोटोवाला हो, हात माथि हल्लाउनेवाला हो । नमस्ते वाला होइन (ज्ञानेन्द्र शाह) ।

उनले आफू फरक विचारधारा रहे पनि अहिलेकै संविधान अनुसार जनताको अभिमत लिएर संसद र समितिमा बसेको बताए । साथै पञ्चायतको संविधान निर्बिकल्प भन्ने थियो तर अहिलेको संविधान निर्बिकल्प रहेको समेत बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार