धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने

धनगढी – आगामी चैत २९ गतेदेखि वैशाख २ गतेसम्म हुने खुल्ला पुरुष भलिबल प्रतियोगितामा एक टीमले २ वटा विदेशी खेलाडी पनि राख्न पाउने छन्। राष्ट्रिय युवा संघ, नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीद्वारा योजित यस प्रतियोगितामा २ लाख २५ हजार रुपैयाँको आकर्षक पुरस्कार राशी राखिएको छ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूलाई विभिन्न पुरस्कारहरू प्रदान गरिने छन्। प्रथम स्थान प्राप्त गर्ने टोलीले २ लाख २५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख २५ हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Seti Hospital

प्रतियोगिताको प्रमुख उद्देश्य युवालाई खेलकुदमा संलग्न गराउँदै, लागुऔषधविरुद्धको अभियानमा सहभागी गराउनु रहेको संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अरुण कुँवरले बताएका छन्। उनले थपे, ‘हामीले यस प्रतियोगितालाई युवाहरूलाई सकारात्मक गतिविधिहरूमा संलग्न गराउने माध्यमको रूपमा आयोजना गरेका हौं। यसबाट युवामा स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकसीत हुनेछ।’ उनले राष्ट्रिय युवा संघले देश परिवर्तनको जिम्मेवारी लिएको र युवाशक्तिको सक्रिय सहभागितालाई महत्त्व दिएको पनि उल्लेख गरे।

पहिला यो प्रतियोगिता चैत १९ गतेदेखि सञ्चालन हुने भनिएको थियो, तर स्ववियु निर्वाचनका कारण यसलाई स्थगित गरिएको थियो। अब प्रतियोगिता निर्धारित मितिमा आयोजना हुने भएको छ।

यस प्रकारको खेलकुद प्रतियोगिता सुदूरपश्चिम प्रदेशको युवा वर्गलाई आफ्नो ऊर्जा र क्षमताको सही उपयोग गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार