ग्रामीण सडक कालोपत्रे नहुँदा स्थानीयलाई सास्ती

बाजुरा : बाजुराका ग्रामीण सडक कालोपत्रे नहुँदा बर्खाको समय त्यहाँका स्थानीयलाई  आउजाउमा सास्ती हुने गरेको छ।

२०७५ सालदेखि निर्माण गरेका यहाँका सडक अझै कालोपत्रे हुन सकेका छैनन्। यसरी सडक कालोपत्रे नहुँदा बर्खाको समय यहाँका स्थानीयले यातायातमा कठिनाइ भोग्दै आएका छन्। कच्ची सडकले हिउँदको महिनामा केही सहज बनाए पनि बर्खाको समय थोरै पानी परे पनि ती सडक भत्किएर सधैँ अवरुद्ध हुने गरेको खप्तड छेडेदह गाउँपालिका स्थानीय रामबहादुर बुढाले बताए।

Seti Hospital

उनले बर्खामा सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक उपभोग्यका सामग्राी ढुवानी तथा आउजाउमा  समस्या हुने गरेको बताए। त्यहाँका हिमाली, जगनाथ, स्वामीकार्तिक खापर, बुढीनन्दा  बडीमालिका, गौमूल , बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका अधिकांश गाउँबस्ती पछिल्लो समय सडक सञ्जालको पहुँचमा पुगेका छन्। 

ग्रामीण सडक कालोपत्रे गर्न पालिकामा बजेट नभएको खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले बताए। उनले प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त भएको बजेटबाट पालिकाको–६ नम्बरका नाइना, सुदारा र मैतोला गाउँ जोड्ने सात किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको बताए। सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घ सरकारसमक्ष थप बजेट माग गरिएको बताए।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार