कञ्चनपुरमा हात्ती मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा हात्ती मृत अवस्थामा फेला परेको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलस्थित दशगजा क्षेत्रमा बिहीवार बिहान वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डाक्टर आभाश श्रेष्ठका अनुसार हात्तीको सुँडमा घाउ देखिएको छ। शरीरको अन्य भागमा घाउ देखिएको छैन।

Galaxy

‘अहिले नै मृत्युको कारण भन्न सकिने अवस्था छैन,’ डाक्टर श्रेष्ठले भने, ‘पोष्टमार्टम  पछि मात्रै मृत्युको कारण भन्न सकिन्छ।’ उनका अनुसार हात्ती दशगजामा नेपाल र भारत दुवैतर्फ रहेको छ। भारततर्फको पनि वनको टोली घटनास्थलमा पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार