किसानलाई अनुदानमा ‘मिनी टिलर’ उपलब्ध

कञ्चनपुरः चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का ६ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ।

कृषि ज्ञान केन्द्रको चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो।

SHIKHAR COOL TECH

“असी हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएका छौँ”, सहकारीका प्रबन्धक ललिता पन्तले भने, ६ वटा मिनी टिलरसँगै तीन वटा पाइडल इलेक्ट्रिक धान थ्रेसर र सिँचाइका लागि एक वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका छौँ।”

योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त एक वटा मिनी टिलर पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको उनले बताए। चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले यान्त्रीकरणमा अनुदान उपलब्ध गराउन र चैते धानखेतीका लागि सहकारीलाई सात लाख १९ हजार प्रदान गरिएको प्रबन्धक पन्तले जानकारी जानकारी दिए। सहकारीमा आबद्ध किसानले चालु आर्थिक ६ बिघामा चैतेधान रोप्न बेर्ना तयार गरेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार