धनगढीमा पुरुष भलिबल प्रतियोगिता हुदैं

धनगढी– धनगढीमा राष्ट्रिय युवा संघ, नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गतेदेखि वैशाख २ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा २ लाख २५ हजार रुपैयाँको पुरस्कार राशी रहेको छ। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीले २ लाख २५ हजार, दोस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख २५ हजार र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्देश्य खेलकुदलाई लागुऔषधविरुद्धको अभियानसँग जोड्नु रहेको बताइएको छ। राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अरुण कुँवरले भने, ‘हामीले यस प्रतियोगितालाई युवाहरूलाई सकारात्मक गतिविधिहरूमा संलग्न गराउने माध्यमको रूपमा आयोजना गरेका हौं। यसबाट युवामा स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकसीत हुनेछ।’ यसैगरी, उनले राष्ट्रिय युवा संघले देश परिवर्तनको जिम्मेवारी लिएको र युवाशक्तिको सक्रिय सहभागितालाई महत्त्व दिएको पनि उल्लेख गरे।

Seti Hospital

पहिला यो प्रतियोगिता चैत १९ गतेदेखि सञ्चालन हुने भनिएको थियो, तर स्ववियु निर्वाचनका कारण यसलाई स्थगित गरिएको थियो। अब यो प्रतियोगिता निर्धारित मितिमा आयोजनामा हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार