राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौँ : राजावादी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेका ४१ व्यक्तिलाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ परेकामध्ये ३० जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको आरोप छ भने ११ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

गत आइतबार पहिलो पटक पाँच दिनको म्याद थप गरिएकोमा सो अवधि मंगलबार सकिएको छ। उनीहरुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवल शमशेर राणासहितका नेताहरू छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार