डिभोर्सपछि गायिका एलिना चौहान घरी तपोवन जान्छिन्, कहिले गालामा जुकाले टोकाउँछिन् 

काठमाडौं : पतिसँगको सम्बन्ध विच्छेदपछि गायिका एलिना चौहानले आफूलाई शान्त राख्न अनेक गर्दै आएकी छन्। 

उनी सम्बन्ध टुटाएपछि तपोवन पुगेकी थिइन्। त्यहाँ मस्त ध्यान सकेकी उनी अहिले भने फेरि गालामा जुकाले टोकाउन थालिन्। 

Seti Hospital

जुकाले गालामा टोकाएर थेरापी गरेको उनको रिल्स भिडिओ सामाजिक संजालमा भाइरल छ। उनको यो भिडिओ ट्रोल बनिरहेको छ।

आफूलाई जुकादेखि डर लाग्ने भएकाले त्यो डरलाई हटाउन भए पनि जुकालाई गालामा टोकाएर थेरापी गरेको उनले बताएकी छन्।

डण्डीफोरमा जुका हालेर उनले थेरापी गरेको भिडिओ सामाजिक संजालमा हेर्न सकिन्छ। एलिनालाई सानैदेखि जुकाहरूदेखि एकदमै डर लाग्थ्यो। 

उनले भनेकी छन्–
आफ्नो मनको फियर भगाउन मैले यो थेरापी गर्न खोजेको हुँ। यसले स्किन पनि राम्रो गर्छ। फोहोर ब्लडहरू खान्छ। मेन भनेको आफ्नो मनमा जे जे कुराको डर छ नि, त्यो कुराहरू हटाउन ट्राइ गरेको हो। यो चाहिँ नयाँ ट्राइ हो। मलाई चाहिँ डर लाग्न छाडिसक्यो ल।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार