तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि

काठमाडौँ : राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पोस्टमार्टम सकिएसँगै उनको आजै आफन्तले अन्तिम संस्कारको तयारी गरेको प्रहरीको भनाइ छ ।

कीर्तिपुरका सविनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी महर्जन २९ वर्षका थिए । तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागेसँगै महर्जनलाई उपचारका लागि टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समेत ज्यान गुमाएका थिए । उनको भने अझै पोस्टमार्टम भएको छैन ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार