हिन्दूराष्ट्रको पक्षमा उभिए कांग्रेस सांसद गिरी, संविधान निर्माणका क्रममा जनताको अभिमत बेवास्ता गरिएको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक गिरीले संविधान निर्माणका क्रममा ८० प्रतिशत जनताले हिन्दूराष्ट्रको पक्षमा दिएको अभिमतलाई बेवास्ता गरिएको टिप्पणी गरेका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक रहेको बताए । संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा थन्क्याइएको भन्दै उनले आपत्ति जनाए ।

उक्त जनताको अभिमत बोराबाट खोलिनुपर्ने र ८० प्रतिशत जनताले ‘हिन्दूराष्ट्र हुनुपर्छ’ भनेर दिएको राय कार्यान्वयन हुनुपर्ने उनको माग छ । नेपाली जनता कसैले हिन्दूराष्ट्रलाई हटाऊ नभनेको उनको दाबी छ । तत्कालीन समयमा जनताले दिएको राय र अभिलेख पुनः हेर्नुपर्ने उनको माग छ ।

Seti Hospital

‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन,’– उनले भने ।

यसअघि कांग्रेस महासमिति बैठकमा शंकर भण्डारीसहित २२ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा प्रवेश गराएका थिए । उनीहरुले हिन्दूराष्ट्रको पक्षा हस्ताक्षर अभियान नै चलाएका थिए । त्यस्तै, नेता डा.शशांक कोइरालाले पनि नेपाललाई हिन्दूराष्ट्र बनाइनुपर्ने अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् । कांग्रेसमा हिन्दूराष्ट्रको पक्षमा ठूलो जनमत तयार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार