दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।  नेप्से परिसूचक १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४४६.८६ विन्दुमा कायम भएको छ।

यसदिन ३२० स्क्रिप्सको १ करोड ६ लाख  ७० हजार ६४९ कित्ता सेयर ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार  ७०० रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटे पनि एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

Galaxy

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६४ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ४५ करोडको सेयर कारोबार गर्दा  सीईडीबी होल्डिंक्सले २७ करोड,नेपाल रिइन्स्योरेन्सले २६ करोड र  हिमालयन पावरले २१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ४२ स्टक्सको मूल्य बढ्दा २०१ वटाको घट्यो। ट्रेडिङ समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक ३.८० प्रतिशतले बढेको हो।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार