काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन चैत १९ गते राति १२ बजेपछि अन्त्य गर्नुभएको हो ।
यसअघि सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रकार पढेर सुनाउनुभएको थियो ।
त्यस्तै उहाले बैठकमा लगातार अनुपस्थीत भएका सांसदहरुको अनुपस्थीतिको सूचना सुनाउनुभयो ।
प्रतिक्रिया दनुहोस्