रहेनन् राप्रपा सांसद दीपक बोहोरा

काठमाडौँ : प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।

Seti Hospital

उनले ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई पराजित गरेका थिए । 

बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलो पटक बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रुपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । 

त्यस्तै ०४३ मा पनि रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

उनी ०७० सालमा संविधान सभाको दोस्रो निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भएका थिए । 

उनी धेरै पटक मन्त्री बन्ने नेताहरुमा पर्छन् । ०३८ सालमा सहायक मन्त्री बनेका उनी त्यसपछि राज्यमन्त्री हुँदै मन्त्री बन्ने क्रममा ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार