सांसद पद निलम्बन फुकुवा गर्न दबाब दिन आज सभामुखलाई भेट्दै रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवा गर्न दबाब दिन आज सभामुख देवराज घिमिरेलाई भेट्न जाँदैछन् ।

लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न अहिले बिहान १० बजे सिंहदरबार स्थित कार्यालय जान लागेका हुन् । रास्वपाले एक महिना अघि नै लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । तर, त्यसको सुनुवाइ नभएपछि थप पहलको लागि आज सभामुखसँग भेट गर्न लागेका हुन् ।

Seti Hospital

सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार