काठमाडौँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् । उनले एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टलाई पछि पर्दै सभापति पद पक्का गरेका हुन् ।
नेविसंघका जोशीले ७८९ मत प्राप्त गरे भने एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मतसहित दोस्रो भएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको थियो ।
मत परिणाम
नेविसंघ (दीपक राज जोशी)- ७८९
अनेरास्ववियु (सिद्धान्त भट्ट )-७८१
क्रान्तिकारी (प्रविन दाहल)-७२७
स्वतन्त्र (पद्मा भुषाल)-१६६
स्वतन्त्र (उज्ज्वल खड्का)-७१७
प्रतिक्रिया दनुहोस्