धनगढी : नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश समिति र कैलाली चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा महाकाली नदीमा जलयात्रा कार्यक्रम आयोजना गरिएको छ । चेम्बरले डडेल्धुराको परशुराम धाम देखि कञ्चनपुरको खल्ला मसेट्टी सम्म जलयात्रा कार्यक्रम आयोजना गरेको हो ।
परशुराम धामको प्रचारप्रसार सँगै महाकाली नदीको जलयात्राको सम्भावना चुनौती र अवसरको बारेमा अध्ययन गर्न जलयात्रा कार्यक्रम आयोजना गरिएको चेम्बरका सुदूरपश्चिम अध्यक्ष विनोद मल्लले बताए ।
जलयात्रामा विभिन्न व्यवसायसँग आबद्ध १६ जना भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो । झन्डै २० किलोमिटर रहेको उक्त जलयात्रा परशुराम धाम दर्शन गरेर महाकाली नदीमा स्नान गरेर त्यहाँबाट जलयात्रा सँगै पूर्णागिरी माताको दर्शन समेत गर्न सकिन्छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशी बडायर जोशी रहेका थिए भने विशिष्ट अतिथि वडा नम्बर ५ का दिल शाही रहेका थिए ।
प्रतिक्रिया दनुहोस्