फेरि विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं

काठमाडौं : काठमाडौंको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । स्विट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार सोमबार बिहान काठमाडौंको वायु निकै हानिकारक अवस्थामा छन् । काठमाडौंको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायु प्रदूषण छ । वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २ दशमलव ५ को मापदण्डमा जाँचिन्छ ।

Seti Hospital

पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २ दशमलव ५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ । विश्वकै खराब शहरहरूमा भारतको दिल्ली, पाकिस्तानको लाहोर, इजिप्टको कायरोलगायतका शहर छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार