गणतन्त्र कसैको ‘बक्सिस’ले आएको होइन, तर नेता सच्चिन जरुरी छ : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरु सक्रिय हुन थालेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो रक्षाका लागि नेतृत्व गरेका नेताहरुले सच्चिनुपर्ने बताएका हुन् ।

Seti Hospital

उनले गणतन्त्रवादी दलहरुबीच मतभेद भएपनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरे । उनले गणतन्त्रवादी दलहरुले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरु स्वीकार्दै आत्मआलोचना गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘हाम्रा बीचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुको बीचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथिहरु सच्चिनु, आत्मआलोचना गर्नु । ति कमजोरी भएका कुराहरुलाई देश र जनताको अगाडि निर्भिक भएर आत्मआलोचना हुनुपर्दछ । होइन भने हामीले वर्षौं लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरुले उल्ट्याउँछन् नि ।’

केसीले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरु अगाडि बढ्नुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार