ज्ञानेन्द्र शाहले जनताको घर जलाउन मान्छे पठाए : योगेश

काठमाडौं : नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्ने बताए।

Seti Hospital

उनले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उनलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन? भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गरे।

उनले भने, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो। आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो। त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु। सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन? म सरकरालाई सोध्न चाहन्छु।’

उनले पृथ्बीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताए। उनले नेपालको सिमाना कहाँ थियो आज कहाँ छ? भन्दै प्रश्न गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार