पत्रकार हत्या र आक्रमणको विरोधमा कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनगढी : नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा कैलालीका जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत ज्ञापनपत्र बुझाएको छ।

गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकार रजतको हत्या भएको घटनाप्रति महासंघले कडा आपत्ति जनाउँदै न्यायको माग गरेको छ। महासंघका कैलाली अध्यक्ष श्रवण देउवाले जिल्ला प्रशासन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

Seti Hospital

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा महासंघका प्रदेश, केन्द्र र कैलालीका पत्रकार सहित विभिन्न पत्रकार संगठनहरूको सहभागिता रहेको थियो। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हमला सह्य नहुने बताउँदै पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हमालले पत्र केन्द्र सरकारलाई प्रठाउने बताउदै कैलालीमा प्रेस मैत्री बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार