मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–५ का महेश डगौराको घरमा राखेको म १ प १९०५ नम्बरको मोटरसाइकल फागुन २६ गते राति चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने योगेन्द्र बोहरा सोही ठाउँ बस्ने विनोद खड्का र इस्कर बोहरालाइ यहीँ चैत्र १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Seti Hospital

मोटरसाइकल बेदकोट नगरपालिका–७ कोल्डस्टोर नजिक मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि चलाइराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। पक्राउ परेकाहरुमाथी कञ्चनपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार