चोरी मुद्दामा फरार २ जना पक्राउ

धनगढी : कैलाली र बझाङबाट चोरी मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले नकवजनी चोरी मुद्दामा २५ दिन कैद सजाय र एक लाख तेह्र हजार चार सय पचहत्तर रुपयाँ जरिवाना तोकिएपछि फरार रहेका जोशीपुर गाउँपालिका–४ खर्चुवा बस्ने ३५ वर्षीय इमरान हसन पक्राउ परेका हुन्। हसनलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Galaxy

यस्तै बझाङमा पनि चोरी मुद्दाका फारार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत बझाङको फैसलाले चोरी मुद्दामा १५ दिन कैद सजाय र तिन लाख एकानब्बे हजार पाचँ सय तिस जरिवाना तोकिएपछि फरार रहेका मष्टा गाउँपालिका–१ बस्ने २४ वर्षीय बसन्त ओखेडा पक्राउ परेका छन्। ओखेडालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतवार चैनपुर बजारबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार