काठमाडौं : भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । राजावादी समूहको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार राज्यस्थित पटना हाजीपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल छन् ।
त्यस्तै, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका–७, लाम्पन्टारकी चित्रमाया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका–१६ की सुस्मिता बराल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।
प्रतिक्रिया दनुहोस्