सुदुरपश्चिमका वनमन्त्रीको राजीनामापछि धनगढी पुगिन् रञ्जिता

धनगढी : विवादीत अडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा) आन्तरिक छलफलमा जुटेको छ । मन्त्री चौधरीले पदबाट राजीनामा दिएको भोलिपल्ट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन् । ससुरा समेत पर्ने प्रतिनिधिसभा सदस्य लालबिर चौधरी र टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरासँगै धनगढी पुगेकी श्रेष्ठले प्रदेश सभा सदस्यहरुसँग छलफल गरिरहेकी छन् ।

धनगढीको एक होटलमा छलफलमा जुटेकी नाउपाकी अध्यक्षलाई भेट्न अहिले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रामेश्वर चौधरी, टिका थापा त्यहाँ पुगेको स्रोतले जनाएको छ । छलफलमा सहभागी एक नेताकाअनुसार अध्यक्ष श्रेष्ठले पदबाट राजीनामा दिएका लक्ष्मणकिशोरको ठाउँमा सरकारमा कसलाई पठाउने रु चौधरीमाथि पार्टीले कस्तो खालको कारवाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

Seti Hospital

ती नेताका भनाईमा नाउपाले प्रदेश सरकारमा कसलाई पठाउने रु भन्ने बारे नाम टुंगो आजै लगाउने सम्भावना बलियो रहेको छ । दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधी आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिन सकिने विषयमा काठ व्यवसायी र सचिवालयका कर्मचारीसँग गोप्य छलफल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार मात्र पदबाट राजीनामा दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार