काठमाडौ – भाटभटेनीका मालिक मीन बहादुर गुरुङले राजाबादी आन्दोलनका क्रममा भाटभटेनीमा ७५ करोडको क्षति भएको बताएका छन् ।
उनले भने अहिलेसम्म सबै बिवरण आइसकेको छैन यसको विवरण आउन बाकी छ मोटामोटी ७०/७५ करोड क्षति भएको प्रारम्भिक आकलन छ । यसको पुर्ण क्षतिको बिवरण अझै आइसकेको छैन केही दिनमा सबै बिवरण सफ्टवेयरले देखाउनेछ ।
महगोमहँगो सामान लिएर गएका छन् , मोबाइल घडी फ्रीज धेरै सामान लुटपाट भएको छ भौतिक क्षति पनि थुप्रै भएको यस्तो हुल दङ्ग चार दशकमा पहिलो पटक देखे धेरै क्षति भयो राज्यलाई भार नपर्ने गरि थोरै भन्दा थोरैको बिल बनाउने तयारी गरेका छौ ।
यसैबीच कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार राजावादीले आयोजना गरेको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेर लुटपाट भएको थियो । लुटपाटमा संलग्न ९ जनालाई काठमाडौंका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वत्त बानेश्वर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्