रंगिचंगी फूल र धनगढीको सौन्दर्यता (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । फूल रोपेर धनगढी बन्छ ? विरुवा रोप्नमा करोडौँ खर्चेर धनगढीको विकास हुन्छ ? भन्नेहरुले एकपटक धनगढी घुमेर हेरे हुन्छ । हिजो धनगढी कस्तो थियो ? आज धनगढी कस्तो छ ?

अहिले धनगढीका सडक पेटीहरुमा, मुख्य सडकहरुमा, पार्कहरुमा, पाटी र पौवाहरुमा धपक्क रंगिविरंगी फूलहरु फुलेका छन् । रातो, गुलावी, पँहेलो र थरीथरी रंगका फूलहरुले धनगढीको सौन्दर्यतालाई झनै सुन्दर बनाएको छ ।

Seti Hospital

साच्चै, अहिले धनगढी हेर्न र घुम्न लायकको बनेको छ । बाहिरबाट आउने पर्यटकहरु पनि अहिले धनगढीको सौन्दर्यतामा मन्त्रमुघ्ध हुने गरेका छन् ।

अग्लाअग्ला गगनचुम्बी भौतिक संरचनाले मात्रै शहरको सौन्दर्यता मापन गर्दैन, बरु सहर सौन्दर्यतामा भूमिका खेल्ने सानासाना चिजले पनि सहरको सौन्दर्यता बढाउने गर्दछन् । अहिले धनगढी त्यही सानासाना चिजले थप सुन्दर बनेको छ । हिजो विरुवा उखेल्नेहरुले बुझुन्, विरुवा भाँच्ने विकास विरोधीहरुले हेरुन्, धनगढी बन्दैछ, बनिरहनेछ । धनगढीको सौन्दर्यता फोटो फिचरमा हेर्नुहोस्ः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार